ट्रम्पलाई बालेनको आग्रह : कृपया डिभी बन्द गर्नुहोस्
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मेन्सन गर्दै अमेरिका अल्छीहरुको देश भएको टिप्पणी गरेका छन् । अमेरिकीहरु आफू काम गर्न नसक्ने र काम गर्नका लागि अरु देशको जनशक्ति आवश्यक पर्ने गरेको बताएका हुन् ।
उनले अमेरिका भन्दा नेपाल देश राम्रो छ भनेर महसुस गराएको भन्दै धन्यवाद पनि व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘हामी गरिब छौं किनभने हाम्रा मानिसहरू देश हाम्रो देश छाडेर जाँदैछन् । तिमी गरिब छौं किन तिम्रो देशका मानिसहरूले देश बनाउन सक्दैनन् । तिमीहरू अल्छी छौं । यसका लागि बाँकी संसार चाहिन्छ।’
उनले डिभी कार्यक्रमलाई रोक्न पनि आग्रह गरेका छन् । उनले भनेका छन्, ‘कृपया आफ्नो अभिलाषा (DV) दासत्व पनि बन्द गर्नुहोस् । हामीले हाम्रा रत्नहरू फिर्ता पाउनेछौँ । आफ्नो देशबाट बाँकी विश्वलाई प्रतिबन्ध लगाउनुहोस् र संसारलाई बढ्न दिनुहोस् ।’






