महाशिवरात्रिलाई भव्य बनाउन पर्यटनमन्त्रीको निर्देशन
इटहरी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले महाशिवरात्रि भव्य रूपमा सम्पन्न गर्नेगरी तयारी तीव्र र व्यवस्थित बनाउन निर्देशन दिएका छन् ।महाशिवरात्रिको पूर्वसन्ध्यामा महाशिवरात्रि तयारीको अवस्थाबारे जानकारी लिन पर्यटनमन्त्री पाण्डे शुक्रवार बिहान पशुपतिनाथ पुग्नुभएका मन्त्री पाण्डेले महाशिवरात्रिलाई भव्य बनाउन तयारी व्यवस्थित गर्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिए ।
उनले विगतका वर्षहरुमा भन्दा अझ बढी व्यवस्थित बनाइ भक्तजनलाई सहज रूपमा दर्शन गर्न मिल्ने गरी तयारी गर्न आग्रह गरे । महाशिवरात्रि नेपालीहरूको महान पर्व भएको र नेपाललाई चिनाउने पशुपति नाथ भएकाले पशुपतिनाथको महिमालाई शिखरमा पुर्याउने दिन महाशिवरात्रि भएको उल्लेख गरे । महाशिवरात्रिलाई जति व्यवस्थित गर्नसक्यो त्यति नै महत्व बढ्ने बताए । उनले महाशिवरात्रि मूल समारोह समितिले अन्तर समन्वय गरेर स्वास्थ्य, खानेपानीको व्यवस्था मिलाउने जानकारी दिए ।






