सोमबार ७, बैशाख २०८३ Mon,20 Apr 2026

सर्वाधिकार सुरक्षित

गाईघाटमा बोलेरोले दिदीबहिनीको ज्यान लियो, बहिनीको शव सडकमै राखेर प्रदर्शन



10:04 शुक्रबार २३ , फाल्गुन २०८१

उदयपुर । उदयपुरको गाइघाटमा बोलेरेको ठक्करबाट दिदीबहिनीको ज्यान गएको छ। बिहीबार साँझ त्रियुगा नगरपालिका १२ डिएम गेटनजिकै प्र नं १–०५–००१ च ००९१ नम्बरको बोलेरेले घरको पेटीमा खेलिरहेका दिदीबहिनीलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो।

गाईघाटस्थित हिमशिखर फर्निचरको बोलेरोको ठक्करबाट सप्तरीको राजविराज घर भई हाल गाइघाटमा डेरा गरी बस्ने ललन दासका १२ वर्षकी छोरी देवकुमारी र १४ वर्षकी अनुकुमारी दासको मृत्यु भएको उदयपुरका प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीले बताए।

अनुको शव जिल्ला अस्पतालमा छ। तर बहिनी देवीकुमारीको शव भने सडकमै छ। स्थानीयले शव उठाउन दिएका छैनन्।सवारी चालक त्रियुगा नगरपालिका ९ गैरुनका १८ वर्षका निर्जल कटुवाललाई प्रहरीले पक्राउ गरेको छ।

Featured News

Advertisement