सोमबार ७, बैशाख २०८३ Mon,20 Apr 2026

सर्वाधिकार सुरक्षित

प्रधानमन्त्री आज सुदूरपश्चिम जाँदै, प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै



09:35 आईतवार २५ , फाल्गुन २०८१

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज (आइतबार) धनगढी आउँदै छन् । प्रदेश सभाको पाँचौं अधिवेशन अन्तर्गत १७ औं बैठकमा प्रधानमन्त्री ओली सम्बोधन गर्दैछन् ।

ओलीले आइतबार मध्यान्न १ बजे सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए । हेलिकप्टरमार्फत आउने ओलीले बिहान ११ बजे कञ्चनपुरको महेन्द्रनगरमा हुने दीक्षान्त समारोहलाई सम्बोधन गर्नेछन् । त्यसपछि धनगढी पुगेर प्रदेश सभाको बैठकलाई पनि सम्बोधन गर्ने कार्यसूची रहेको छ।

प्रधानमन्त्री सम्बोधन गर्ने बैठकका लागि सबै प्रबन्ध मिलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ। त्यसपछि भने धनगढी उपमहानगरपालिका–८ मा निर्माण गरिएको सिटी हल उदघाटन गर्ने कार्यक्रम तय भएको छ । यसअघि प्रदेश सभाको पहिलो कार्यकालमा नेकपाको सरकार भएको बेला पनि प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गरेका थिए ।

Featured News

Advertisement