सुनसरीमा निर्माणाधीन घरको पिल्लर ढल्दा १४ महिने शिशुको मृत्यु
12:58
मंगलवार
२७ ,
फाल्गुन
२०८१
NepalBit
261
इटहरी । सुनसरीको गढी गाउँपालिका–५ मा घर निर्माणका क्रममा पिल्लर ढल्दा घाइते भएका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय हारुन साफीका १४ महिनाका छोरा अरमान साफी रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक युवराज खतिवडाले जानकारी दिए ।
पिल्लर ढल्दा घाइते भएका बालकको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको हो । बालकको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






