सोमबार १, असार २०८३ Mon,15 Jun 2026

सर्वाधिकार सुरक्षित

गणतन्त्र नेपालको दिव्य १२ बर्ष पूरा



10:34 बिहीबार १५ , जेष्ठ २०७७

 


इटहरी/नेपालबीट

आजबाट नेपालको गणतन्त्रले दिव्य १२ बर्ष पूरा गरेको छ । २०६५ साल जेठ १५ गते संविधान सभाको पहिलो बैठकले नेपाललाई गणतान्त्रिक देशको रुपमा घोषणा गरेको थियो । गणतन्त्रको घोषणा गर्दा जेठ १५ गते रातको ११ः२३ वजेको थियो ।
प्रधानमन्त्रीको हैसियतमा मन्त्रिपरिषदको तर्फबाट गिरिजाप्रसाद कोइरालाले संविधान सभाको पहिलो वैठकमा गणतन्त्र घोषणा सम्बन्धि प्रस्ताव पेश गर्नुभएको थियो । गणतन्त्रको पक्षमा ५ सय ६० मत परेको थियो भने विपक्षमा ४ मत थियो । एक जना सभासदको अनुपस्थिति रहेको थियो । गणतन्त्रको विपक्षमा राप्रपा नेपालका चन्द्रबहादुर गुरुङ, रामनारायण सिंह, कुन्ती शाही र बबिना मोक्तानले मत जाहेर गर्नुभएको थियो । संविधान सभामा ६ सय १ सदस्य हुने भएपनि ५ सभासदले दुइ क्षेत्रबाट चुनाव जितेकाले उप–निर्वाचन भएको थिएन् । मन्त्री परिषदले २६ जना सभासदको नियुक्त गर्न बाँकी थियो । २ सभासदले सपथग्रहण गरेका थिएनन् । २ जना सभासदको मुद्धा संविधानसभा अदालतमा विचाराधिन थियो । संविधान सभाका अध्यक्षले बराबर मत भएमा मात्र मत जाहेर गर्न पाउँने नियम थियो ।
गणतन्त्र घोषण गर्दै भनिएको थियो – “सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रही स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी नेपाल आजैका मितिदेखि एक संघिय लोकतान्त्रिक गणतन्त्रमा विधिवत् परिणत भएको संविधानसभाको यो पहिलो बैंठक घोषणा गर्दछ ।”
राजा हुँदाहुँदै गणतन्त्र घोषणा गरिएको यो एक नौलो बिषय थियो । गणतन्त्र घोषणाको एक हप्तामा जेठ २२ गते तत्कालिन राजा श्री ५ ज्ञानेन्द्र शाहले नारायणहिटी राजदरबारमा पत्रकार सम्मेलन गरी श्रीपेज र राजदण्ड नेपाल सरकारलाई हस्तान्तरण गरी गद्दी त्याग गर्दै साधरण नागरिकको हैसियतमा देश भित्रै रहने घोषणा गर्नुभएको थियो । ज्ञानेन्द्र शाहको वक्तत्वयमा भनिएको थियो – “ जनताको चाहना र इच्छालाई नै सर्वोपरि मान्ने राजपरम्परा अनुसार संविधानसभाको निर्वाचन र गत जेठ १५ गते संविधानसभाको वैठकले गरेको निर्णयलाई मैले सहज वनाउन सहयोगीको भूमिका सम्पन्न गरेको छु । मैले देश छाडेर जाने सोच वनाएको पनि छैन् । म मातृभूमि नेपालमा नै वसी मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पूर्याउन चाहन्छु ।”
गणतन्त्र घोषणा भएको अढाई महिना पछि साउन ३१ गते प्रचण्ड गणतन्त्र नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री वन्नुभयो ।
यो दिव्य १२ बर्षमा प्रचण्ड, बाबुराम भट्टराई, माधव कुमार नेपाल, झलनाथ खनाल, शुशिल कोइराला, शेरवहादुर देउवा, खिलराज रेग्मी र केपी शर्मा ओली नेपालको प्रधानमन्त्रीको रुपमा रहनुभयो । प्रचण्ड र केपी ओलीले दुइ पटक प्रधानमन्त्री हुने अवसर प्राप्त गर्नुभयो । १२ बर्षमा ८ जना प्रधानमन्त्री वनेकामा कम्युनिष्ट पार्टीका मात्र ५ जना प्रधानमन्त्री वनेँ ।
गणतन्त्रको कार्यन्वयन्का लागि स्थानिय तह, प्रदेश र संघिय तीनै तहका सरकारहरु निमार्ण भई काम गरिरहेका छन् ।
संविधान सभाको पहिलो बैंठकले नै जेठ १५ गतेलाई गणतन्त्र दिवस मनाउँने घोषणा गरेको थियो । यसपाली भने कोरोना समस्याका कारण दिवस मनाइएन् । ७२ सालमा पनि भुकम्पका कारण गणतन्त्र दिवस मनाइएको थिएन् ।
गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विधादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड र प्रमुख प्रतिपक्ष दलका नेता नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा शुभकामना मनतब्य दिनुभएको छ ।
गणतन्त्र स्थापना भएको दिव्य १२ बर्ष बितिसक्दा पनि राजनैतिक परिवर्तन वाहेक जनताले धेरै कुरा नपाएको गुनासो आइरहेको छ ।
राजनैतिक परिवर्तन सँगसँगै देशले आर्थिक तथा सामाजिक विकासको पनि अपेक्षा गरेको थियो । जनताको अपेक्षा बमोजिम काम हुन नसकेकाले यस बिषयमा सरकारले गम्भिरतापूर्वक सोच्न आवश्यक छ । लामो समयसम्म जनतामा निराशा छाए अर्को मोड लेला नभन्न पनि सकिन्न ।

 

Featured News

Advertisement