सोमबार १, असार २०८३ Mon,15 Jun 2026

सर्वाधिकार सुरक्षित

सिके राउतलाई सर्वोच्च अदालतद्वारा सफाई ।



16:16 बुधबार ३ , असार २०७७

असार ३ गते, काठमाण्डौँ ।


राज्य विरुद्धको मुद्धा खेपिरहनुभएका सिके राउतले सवोच्च अदालतबाट आज सफाई पाउँनुभएको छ । सर्वोच्च अदालतका न्यायधिश मनोजकुमार शर्मा र मीराकुमारी खड्काको संयुक्त इजलासले राउतलाई सफाई दिएको हो ।
विशेष अदालतले सफाइ दिएपछि फैसलामा त्रुटी भएको भन्दै सरकारले सर्वोच्चमा पुनरावेदनका लागि मुद्धा दायर गरेको थियो ।
यो फैसलाले राउतलाई अब खुल्ला रुपमा राजनीति गर्न बाटो खोलेको छ ।
मुद्धा चलिरहेकै वेला २०७५ फागुन २४ गते सरकार र राउतबिच वार्ता भई सम्झौता भएको थियो । राउतले स्वतन्त्र तराई मधेसको नेतृत्व गर्दै आउँनुभएको थियो । सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादलले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।


२०७५ फागुन २४ गते सिके राउत र सरकार बीच भएको सम्झौता ः

Featured News

Advertisement