नेकपाको स्थायी कमिटीको बैंठक असार १० हुने ।
16:37
बुधबार
३ ,
असार
२०७७
NepalBit
1084
असार ३ गते, काठमाण्डौँ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले असार १० गते स्थायी कमिटीको बैठक गर्ने भएको छ । बजेटमा समेत समावेश भइसकेको अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बिषयमा पार्टीभित्र विवाद भइरहेका वेला वोलाइएको यो बैठकलाई विशेष चासोको रुपमा हेरिएको छ ।
आजै साझँ दुइ अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डको भेटवार्ता पछि यो बैठक तय गरिएको हो ।
असार १५ गतेसम्म संसदले अनुमोदन नगरे यो सम्झौता स्वत खारेज हुने छ । यसैले पनि १० गतेको बैठकले निर्णय लिने अनुमान गरिएको छ ।
यसअघि वैशाख २५ गते फेरि ३१ गतेका लागि वोलाइएको बैंठक स्थगित गरिएको थियो ।
नेकपाको स्थायि कमिटीका २० जना सदस्यले वैशाख १० गते दुवै अध्यक्षलाई लिखित माग गरेका थिए ।








