कोभिड आइसोलेसन अस्पताल गोठगाँउबाट आज ३३ जना डिस्चार्ज
असार २९ गते, गोठगाँउ ।
पूर्वाञ्चल विश्वविधालय कोभिड आइसोलेसन अस्पताल गोठगाँउमा रहेका कोरोना संक्रमित मध्ये ३३ जना निको भएर आज घर फर्किएका छन् । आज सहित २ सय २७ जना डिस्चाज भइसकेको सो अस्पतालले जनाएको छ । यो अस्पताल प्रदेश नम्बर एक सामाजिक विकास मन्त्रालय र पूर्वाञ्चल विश्वविधालयको सहकार्यमा सञ्चालित रहेको हो ।
आज डिस्चार्ज हुनेमा मोरङका ५, झापाका २०, लाप्लेजङका १, संखुवासभाका ३ र खोटाङका २ जना रहेका छन् । १८ बर्षदेखि ५६ बर्ष उमेर समुहका सवै पुरुष रहेका छन् ।
अस्पतालले दिएको जानकारी अनुसार अब ४२ जना उपचारका क्रममा रहेका छन् ।
यसअघि असार ४ गते ४० जना, असार ११ गते ७० जना, असार २० गते ४० जना र असार २४ गते ४४ जना डिस्चार्ज भएका थिए ।
११ जनाको स्वाव परिक्षणको नतिजा आउँन बाँकी रहेको जनाइएको छ ।
हालसम्म गोठगाँउ आइसोलेसनमा भर्ना भएका कसैको मृत्यू नभएको अस्पतालले जनाएको छ ।
मेडिकल डा शैलेश मणि पोखरेलको नेतृत्वमा क्याम्पस प्रमुख कबिता अधिकारी, उपप्रध्यापक द्वय नवीन लामिछाने र नवीन भट्टराई, डा हरेराम माझी, डा अमित यादव, डा मासुम यादव र नर्सिङ स्टाफ सहितको टोलि आईसोलेसनमा खटिएको सामाजिक बिकास मन्त्रालयका सूचना सम्पर्क अधिकारी धरणि निरौलाले जानकारी दिनुभयो ।
यो लिंक पनि हेर्नुहोस :
https://nepalbit.com/article/194
गोठगाउँको आइसोलेशन नेपालकै नमुना, अस्पतालको रुपमा निरन्तरता दिइने
https://nepalbit.com/article/213






