बर्मन बुढाको निधनप्रति प्रचण्डद्वारा शोक व्यक्त, को हुन बर्मन ?
साउन ६ गते, काठमाण्डौँ ।
नेपाली कम्युनिष्ट आन्दोलनका एक धरोहर पुर्व सांसद रोल्पाका बर्मन बुढाको आज विहान निधन भएको छ । पाटन अस्पतालमा उपचाररर्थ रहनुभएको थियो । आज विहान ४ वजेर ३० मिनेटमा निधन भएको हो ।
बर्मनको निधनमा नेकपाका अध्यक्ष प्रचण्डले दुख व्यक्त गर्नुभएको छ । प्रचण्डले एक शोक वक्तव्य प्रकाशित गर्दै दुख व्यक्त गर्नुभएको छ । व्यक्तव्यमा भनिएको छ – “नेपली मुक्तिकामी आन्दोलनका अविचलित र अथक योद्धा कमरेड बुढाको विशेष गरी रोल्पाली जनताको मुक्तिकामी आन्दोलनमा ऐतिहासिक योगदान रहेको छ । सामन्वाद विरोधी नेपाली जनताको मुक्तियुद्धमा उहाँ जनि पनि अग्रमोर्चामा रहनुभयो । वहाँको निधनले नेपाली मुक्तिकामी आन्दोलनले एक अभिभावक गुमाएको छ । संघर्षका प्रेरणादायी अभिभावक कमरेड बुढाप्रति भावपूर्ण श्रद्धाञ्जी अर्पण गर्दै शोक सन्तप्त परिवारजन तथा आफन्तजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।”
को हुन बर्मन ?
बर्मन नेपाल कम्युनिष्ट आन्दोलनका एक अग्रज योद्धा हो । २०४८ सालको चुनावमा रोल्पा क्षेत्र नम्बर १ बाट जनमोर्चाको उमेदवार भइ चुनाव जितेर संसद हुनुभयो । तीन दशकभन्दा वढी रोल्पामा राजनैतिक राज गरेका व्यक्ति राप्रपाका बलराम घर्तीलाई दुइ हजार वढी मतले हराउँनुभएको थियो ।
कछाड बाँधेर संसद जाने भनेर पनि वहाँलाई चिनिन्छ । २०५१ को निर्वाचनलाई जनमोर्चाले बहिष्कार गर्यो । वहाँ चुनावमा फेरि उठ्नुभएन । जीवनको अन्तिम समय सम्म रोल्पामै वसेर कम्युनिष्ट राजनीति गर्नुभयो ।
२०३८ सालको राष्ट्रिय पञ्चायतको चुनावमा शुन्य मत अभियानमा वहाँले नेतृत्व गर्नुभयो । सफल भयो अभियान । यसै अभियोगमा वहाँलाई पञ्चायती सरकारले जेल हाल्यो ।
नेकपा माओवादीले चलाएको जनयुद्धमा पनि बुढाको सहभागिता रहेको थियो । गाउँमा सामन्तीहरुको विरोध गर्दा जेल पर्नुभएको थियो । प्युठान जेलमा रहेका वेला मोहनबिक्रम सिंहसगँ भेट भयो । २०१२ सालमा सिंहले नै वहाँलाई कम्युनिष्ट पार्टीको सदस्यता दिलाउँनुभएको थियो ।








