बुधबार ३, असार २०८३ Wed,17 Jun 2026

सर्वाधिकार सुरक्षित

पुष्पलाल श्रेष्ठको स्मृति दिवसमा धरानमा विचार गोष्ठी सम्पन्न (कार्यपत्रको पूर्णपाठ सहित)



15:50 शनिबार १० , श्रावण २०७७

साउन १० गते, धरान ।

पुष्पलाल श्रेष्ठ स्मृति प्रतिष्ठान सुनसरीको आयोजनामा आज धरानमा एक विचार गोष्ठी सम्पन्न भएको छ । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवसको अवसरमा बर्तमान अवस्थामा बाम आन्दोलन र पुष्पलाल बिषयक बिचार गोष्ठी सम्पन्न भएको हो ।

उक्त विचार गोष्ठीमा नेकपाका केन्द्रिय सदस्य तथा सुनसरी जिल्लाका सह–इन्चार्ज निर्मल बरालले ‘नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान र आजको कार्यभार’ शिर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्रमा पुष्पलाल श्रेष्ठको वैचारिक तथा सांगठनिक योगदानको बिषयमा चर्चा गरिएको छ । वहाँका संघर्ष, विशेषता र कमिकम्जोरीका बारेमा कार्यपत्रमा चर्चा गरिएको छ । कार्यपत्र माथि लेखक भवानी बराल तथा प्रा.डा. भीम खतिवडाले टिप्पणी गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रिय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज धर्मराज निरौलाले “पुष्पलालको नेतृत्वमा बि.सं २००६ सालमा नेपाल कम्युनिष्ट पार्टि स्थापना भएदेखि अहिलेको अवस्था सम्म आइपुग्दा नेपालको बाम आन्दोलनले धेरै पटक फुट र बिभाजनको सामना गरिसकेको छ । ७ दशक लामो बाम आन्दोलनको इतिहासलाई फर्केर हेर्दा बिचार, सिद्धान्त र रणनितिक कार्यदिशामा देखिएका मतान्तरको बहानामा बिगतमा जे जे कारण र उद्धेश्यका लागि बाम आन्दोलन बिभाजित बन्यो, बामपंथी पार्टिहरु अलगथलग भए कसैले पनि तत्कालिक फुट र बिभाजनको औचित्यता पुष्ट्याँई गर्न सकेनन । परिणामस्वरूप नेपाली जनताको समानता, स्वतन्त्रता, मुक्ती र राष्ट्रिय स्वाधिनताको सपना साकार हुन ७ दशक लामो संघर्ष गर्नु पर्यो । जिवन्त पार्टी भित्र बिचार,निति तथा कार्यक्रमहरुमा असहमति सिर्जना हुन सक्छन जसको समाधानका बिधिहरु आन्तरिक कमिटी भित्र बसेर छलफल र बहस मार्फत खोज्नु पर्नेमा जोड दिनु भयो । त्यसैगरी सबै नेता तथा कार्यकर्ताहरुलाई पार्टि अनुशासन, नीति,सिद्धान्त एवं बिचारलाई आत्मसात गर्न र सोही अनुसार आफ्ना भुमिकाहरुलाई केन्द्रीत गर्नुपर्ने” मा जोड दिनुभयो । अहिले नेकपाले समाजवादको परिभाषा र कार्यनीति प्रष्ट पार्न नसक्दा नेता तथा कार्यकर्तामा अलमल रहेको पनि निरौलाले बताउँनुभयो ।

कार्यक्रममा नेकपा सुनसरीका सचिव रमेश बस्नेत, धरान इन्चार्ज आइन्द्रबिक्रम बेघा र चोत्लुङ, नेकपाका धरान अध्यक्ष नारायण सुवेदी, नेकपा इटहरीका अध्यक्ष बहादुरसिंह तामाङ लगायतका नेताहरुले पुष्पलालको योगदानमाथि वोल्नुभएको थियो । प्रतिष्ठानका अध्यक्ष नन्द बस्नेतको अध्यक्षतामा भएको बिचार गोष्ठीमा उपाध्यक्ष अशोक राइले स्वागत मन्तव्य राख्नुभएको थियो । प्रतिष्ठानका सचिव पदम लिम्बूले कार्यक्रम संचालन गर्नु भएको थियो ।

कार्यपत्रको पूर्णपाठ :

Featured News

Advertisement