इतिहासका अनुभव र २१ औँ शताब्दीमा जनवादको विकासबारे
"..........Marxism is not a lifeless dogma, not a completed, ready-made, immutable doctrine, but a living guide to action, ….."
– V.I. Lenin
व्रmान्ति र प्रतिव्रmान्तिका प्रचुर अनुभवहरूद्वारा समृद्ध विश्वसर्वहारा आन्दोलनको वैज्ञानिक संश्लेषण गर्दै निरन्तर व्रmान्तिको दिशामा अगाडि बढ्नु माक्र्सवाद–लेनिनवाद–माओवादका शिक्षाको मूलभूत सारतङ्खव हो । हाम्रो पार्टीले नेपालमा सामन्तवाद र साम्राज्यवादका विरmद्ध जनवादी व्रmान्तिलाई नेतृत्व प्रदान गर्ने सन्दर्भमा प्रारम्भदेखि नै मालेमाका शिक्षालाई जडसूत्रका रूपमा होइन ‘कामको सजीव मार्गदर्शक’ का रूपमा सिर्जनात्मक प्रयोग र विकास गर्ने कुरामा जोड दि“दै आएको छ । नेपाली व्रmान्तिको ठोस परिस्थितिअनुसार मालेमाका शिक्षाहरूको प्रयोग र विकास गर्ने यस महान् प्रव्रिmयामा हामीले दक्षिणपन्थी संशोधनवादका साथै जडसूत्रीय संशोधनवादका विरmद्धसमेत निरन्तर सङ्घर्ष गर्दै आएका छौ“ । वर्गसङ्घर्षको आवश्यकतासँग अभिन्न रूपले गाँसिएको विचारधारात्मक सङ्घर्षको प्रव्रिmयाले महान् जनयुद्धको विकासलाई एकपछि अर्को छलाङ हान्दै ७ वर्षको अवधिमा विकासको आजको चरणसम्म ल्याइपु¥याएको छ । वर्गसङ्घर्ष र विचारधारात्मक सङ्घर्षको यही विकासप्रव्रिmयाले नै नेपाली व्रmान्तिको विशिष्ट विचार शृङ्खलाका रूपमा ‘प्रचण्डपथ’ को आविष्कार भएको संश्लेषण पार्टीले गरिसकेको छ ।
यहाँ कुन कुरा विशेष रूपले महङ्खवपूर्ण छ भने पार्टीले आफ्नो सैद्धान्तिक र व्यावहारिक सङ्घर्षको प्रस्थानबिन्दु, सर्वहारा व्रmान्तिको विज्ञानको सर्वोच्च संश्लेषणका रूपमा माक्र्सवाद–लेनिनवाद–माओवादको विकास गर्ने महान् सर्वहारा सांस्कृतिक व्रmान्तिलाई बनाउँदै छ । यसको अर्थ प्रतिव्रmान्तिलाई रोक्ने सैद्धान्तिक आधारका रूपमा सर्वहारावर्गको अधिनायकत्वअन्तर्गत निरन्तर व्रmान्तिलाई आत्मसात् गर्नु तथा पार्टीको निरन्तर सर्वहाराकरणका निम्ति “तीन गर र तीन नगर” को सैद्धान्तिक मान्यताका आधारमा वैचारिक सङ्घर्षलाई अगाडि बढाउनु हो । यी मूलभूत सैद्धान्तिक मान्यताबाट कुनै पनि विचलन सर्वहारा आन्दोलनबाट विचलन हुने कुरामा हाम्रो पार्टी दृढ रहँदै आएको छ । तर यसको अर्थ २१ औ“ शताब्दीको व्रmान्तिका आवश्यकताका सन्दर्भमा बनीबनाउ र पूर्ण स्तरको जड अर्थमा यसलाई ग्रहण गरियो भने आफै“मा मालेमा र सर्वहारा सांस्कृतिक व्रmान्तिका शिक्षाविपरीत हुने कुरा स्वतः स्पष्ट छ ।
महान् सर्वहारा सांस्कृतिक व्रmान्तिसम्मको संश्लेषणले विश्वसर्वहारावर्गलाई मालेमाको सैद्धान्तिक हतियारले सज्जित अवश्य गराएको छ । तर कमरेड माओको मृत्युपछि चीनमा पुँजीवादको पुनःस्थापना भयो र दुनियाँमा एउटा पनि समाजवादको सत्ता बाँकी रहेन । यसबाट विश्वसर्वहारा आन्दोलनले बेहोरेको एउटा ठूलो धक्का र विश्वपरिस्थितिमा आएको एउटा ठूलो नकारात्मक परिवर्तनलाई अस्वीकार गर्नु मनोगत विचलनमात्र हुनेछ । वस्तुगत रूपले सम्राज्यवाद र सर्वहारा व्रmान्तिको युग तथा व्रmान्ति नै विश्वको मूल प्रवृत्ति रहेको यथार्थमा कुनै परिवर्तन आएको छैन । यसको अर्थ सत्ताको सङ्घर्षमा चीनमा प्रतिव्रmान्तिसम्म आउँदा सर्वहारावर्गले ठूलो आत्मगत पराजय भोग्नुपरेको यथार्थलाई अवमूल्यन गर्नु तथा ती पराजयहरूबाट शिक्षा लिएर भावी दिनमा प्रतिव्रmान्ति रोक्ने तयारीलाई गम्भीरतापूर्वक नलिने भन्ने कुरा हुन सक्तैन । आजको विश्वव्रmान्ति एवम् कुनै निश्चित देशको व्रmान्तिका सन्दर्भमा सर्वहारार्गको राजनैतिक अग्रदस्ताका अगाडि एउटा ठूलो प्रश्नका रूपमा यसको जबाफ दिने आवश्यकता टड्कारो रहेको छ ।
त्यसै गरी २१ औ“ शताब्दीमा प्रवेशसँगै विश्वमा विज्ञान र प्रविधि मुख्यतः इलेक्ट्रोनिक सूचनाप्रविधिमा अभूतपूर्व तीव्रताका साथ विकास भएको छ । यस अद्भुत विकासले जसरी विश्वलाई विविध रूपमा प्रभावित पारेको छ, त्यसले अनिवार्य रूपमा सर्वहारा व्रmान्तिको राजनैतिक र फौजी रणनीतिमा परिमार्जन र विकासको माग गरिरहेको छ । विश्वको कुनै कुनामा हुने सकारात्मक वा नकारात्मक परिघटनाको विश्वव्यापी रूपमा हुने आजको जस्तो तीव्र घनीभूत एवम् प्रत्यक्ष संवेदनात्मक प्रभाव मानवजातिको इतिहासमा पहिले कहिल्यै पर्ने गरेको थिएन ।
यसरी प्रतिव्रmान्तिका अनुभवहरूले हामीलाई विगतका व्रmान्तिमा रहन गएका सीमा र कमजोरीबाट शिक्षा लिन प्रेरित गर्दछन् भने विज्ञान–प्रविधिमा भएको विकासले हामीलाई व्रmान्तिका रणनीति र कार्यनीतिमा सिर्जनात्मक विकास गर्न प्रेरित गर्दछन् । मानवसमाजको युगीन विकासका दृष्टिले आज पनि विश्वसाम्राज्यवाद र सर्वहारा व्रmान्तिको युगमा नै रहेको भए तापनि आत्मगत र वस्तुगत परिस्थितिमा आएका उपरोक्त महङ्खवपूर्ण परिवर्तनहरूले आजको सर्वहाराका अगाडि ठोस परिस्थितिको ठोस विश्लेषणका आधारमा आफ्ना विचार रणनीतिहरूलाई विकास र परिमार्जन गर्नुपर्ने आवश्यकता उपस्थित भएको छ ।
इतिहासका अनुभव, वर्तमान विश्वपरिस्थितिको विश्लेषण एवम् नेपाली जनयुद्धका पाँच वर्षका सजीव अनुभवसमेतका आधारमा पार्टीको दोस्रो ऐतिहासिक राष्ट्रिय सम्मेलनले कैयौ“ महङ्खवपूर्ण राजनैतिक र फौजी संश्लेषण गरेको छ । त्यो संश्लेषित विचारको साढे दुई वर्षमा भएको घनीभूत प्रयोगद्वारा जनयुद्धको विकासमा प्राप्त गुणात्मक सफलताले त्यसको वैज्ञानिकतामात्र प्रमाणित भएको छैन अपितु उच्च वैचारिक, राजनैतिक र फौजी संश्लेषणका निमित्त मजबुत आधारसमेत तयार भएको छ । दोस्रो राष्ट्रिय सम्मेलनदेखि आजसम्मको नेपाली वर्गसङ्घर्षको विकास एवम् ११ सेप्टेम्बरदेखि इराक युद्धसम्म विकास भएको विश्वपरिस्थितिका आधारमा जनवादी व्रmान्तिको रणनीतिमा विकास परिमार्जन आवश्यक छ । यस सन्दर्भमा पार्टी, सेना, सत्ता र जनसमुदायको सम्बन्धबारे निम्न कुराहरू विशेष रूपले विचारणीय रहेका छन् ।
१. पार्टी
२० औ“ शताब्दीका व्रmान्ति र प्रतिव्रmान्तिका अनुभवहरूद्वारा कुन कुरा निकै निर्मम ढङ्गले प्रदर्शित भएको छ भने राज्यसत्ता कब्जा गरिसकेपछिको अवस्थामा पार्टीको सर्वहारावर्गीय व्रmान्तिकारी चरित्रको रक्षा र विकास गर्ने काम असाधारण रूपले कठिन हुन जान्छ । व्रmान्तिकालमा पार्टीभित्र र बाहिर, दायाँ, बायाँ र मध्यपन्थी विचलनका विरmद्ध निर्मम विचारधारात्मक सङ्घर्ष गर्दै, जनसमुदायका आवश्यकता र हितसँग एकाकार हुँदै तथा दुस्मनका विरmद्धको वर्गयुद्धमा पृथ्वी थर्काउने वीरता र वलिदानका अद्भुत कीर्तिमान कायम गर्दै विजयी बनेका पार्टीहरू राज्यसत्ता कब्जा गरिसकेपछि तुलनात्मक रूपले सहजै र विश्वका सबै पार्टीहरू छोटै अवधिमा नोकरशाही, संशोधनवाद, जनताबाट अलगथलग र प्रतिव्रmान्तिकारी पार्टीमा बदलिन पुगे ? निश्चय नै महान् सर्वहारावादी सांस्कृतिक व्रmान्तिसम्म आउँदा यसको आधारभूत सैद्धान्तिक जबाफ मालेमाले दिएको छ । तर ती आधारभूत सिद्धान्तहरूले प्रतिव्रmान्तिलाई रोक्ने गरी प्रयोग गर्ने सङ्गठनात्मक सिद्धान्त, विधि र मान्यताको विकास गर्ने आवश्यकता अहिले पनि विद्यमान छ । यो प्रश्न पार्टीभित्र चल्ने दुई लाइन सङ्घर्ष र सर्वहारावर्गको अधिनायकत्वअन्तर्गत निरन्तर व्रmान्तिको सिद्धान्तको वैज्ञानिक प्रयोग र विकासको समस्या हो ।
अनुभवले साबित गरेको छ कि राज्यसत्ता कब्जा गरिसकेपछि पार्टीमा तमाम नेता तथा कार्यकर्ताहरू राज्यसत्ता सञ्चालनमा मात्र संलग्न हुँदा भौतिक परिवेशले नै पार्टीलाई व्रmमशः नोकरशाही, पदलोलुप र सुविधासम्पन्न वर्गमा परिणत गर्ने खतरा तीव्र र प्रबल बनेर जान्छ । यसप्रकारको खतराको तीव्रता र प्रबलतासँगै पार्टीको जनसमुदायसँगको सम्बन्ध त्यही अनुपातमा औपचारिक र अलगथलग बन्दै जान्छ । त्यो प्रव्रिmया आफ्नो विकासको एउटा निश्चित बिन्दुमा पुगिसकेपछि त्यो अनिवार्य रूपले प्रतिव्रmान्तिमा बदलिन पुग्छ । प्रतिव्रmान्तिको खतरालाई रोक्नका लागि दुई लाइन सङ्घर्ष र निरन्तर व्रmान्तिको सिद्धान्तअनुसार पार्टीलाई सर्वहारावर्ग र श्रमजीवी जनसमुदायको निगरानी, नियन्त्रण र सेवामा राख्ने सङ्गठनात्मक विधि र मान्यताको अझै विकास गर्न जरmरी छ । यसका लागि पार्टीभित्र चल्ने दुई लाइन सङ्घर्षमा व्यापक जनसमुदायको सहभागिता सुनिश्चित गर्ने तथा सक्षम र स्थापित नेताहरूदेखि कार्यकर्ताहरूसम्मको एउटा हिस्सा निरन्तर जनकार्यमा र अर्को हिस्सा सत्ता सञ्चालनमा लाग्ने र निश्चित समयको अन्तरमा कार्यविभाजनमा हेरफेर गरी सिङ्गो पार्टीको जनसमुदायसँगको सम्बन्धलाई सजीव राख्न विशेष आवश्यक छ । प्रारम्भदेखि नै पार्टीले र उसको नेतृत्वअन्तर्गत राज्यसत्ताले जनसमुदायसँग घनिष्ठ सम्बन्ध कायम गर्ने, दुःख, कष्ट र फारोतिनो गर्ने सर्वहारा शैली अपनाउने तथा साम्यवादी उद्देश्यका निमित्त सम्पूर्णरूपले समर्पित रहने, पार्टी, नेता तथा कार्यकर्ताहरूलाई प्रेरणा र आदर्शका रूपमा प्रस्तुत गर्ने तथा पदको दुरूपयोग गर्ने, जनसमुदायसँग हैकम चलाउन खोज्ने, सुविधाभोगी एवम् पदलोलुप प्रवृत्ति, नेता एवम् कार्यकर्ताका विरmद्ध निर्मम विचारधारात्मक सङ्घर्षका साथै जनसमुदायमा नङ्ग्याउने नीति एवम् संरचनाको विकास गर्न जोड लगाउनुपर्दछ । यस सन्दर्भमा पार्टीभित्र चल्ने दुई लाइन सङ्घर्षमा राज्यको बलप्रयोगको प्रवृत्तिलाई निरmत्साहित गर्ने वैज्ञानिक विधिलाई प्रोत्साहित र स्थापित गर्न जोड लगाउनुपर्दछ । पार्टीभित्र र बाहिर निश्चित विद्रोह न्यायसङ्गत हो वा होइन भन्ने कुराको फैसला गर्ने अधिकार आमकार्यकर्ता र जनसमुदायमा रहने व्यवस्था सुनिश्चित गर्न आवश्यक छ ।
२. सेना
बीसौ“ शताब्दीका व्रmान्ति र प्रतिव्रmान्तिका अनुभवहरूले कुन कुरालाई पनि स्पष्टसँग प्रदर्शित ग¥यो भने सर्वहारावर्गीय सही व्रmान्तिकारी विचार, नीति र योजनाका आधारमा अगाडि बढ्दा करिब शून्यको स्थितिबाट जनसमुदायले दुस्मनको अत्याधुनिक र शक्तिशाली सेनालाई धुलोपिठो पार्न सक्ने अपराजेय जनसेनाको विकास गर्न सक्तो रहेछ तर पार्टीमा गलत विचार हावी भएमा त्यही सेना प्रतिव्रmान्तिको हतियार बन्न पुग्दो रहेछ । अनुभवले जनसेनाका सन्दर्भमा पनि के साबित गरेको छ भने व्रmान्तिपूर्वको कमजोर कठिन घडीमा त्याग, तपस्या, वीरता, वलिदान र वैचारिक निष्ठासहित जनसमुदायसँग एकाकार हुँदै दुस्मनका विरmद्धको युद्धमोर्चामा अपराजेय साबित हुने जनसेना राज्यसत्ता कब्जा भइसकेपछि व्रmमश ब्यारेकमा विशेष व्यवस्थाअन्तर्गत रहने बुर्जुवा आधुनिक नियमित सेना बन्ने प्रवृत्ति प्रबल हुँदै जाने भौतिक परिवेश बन्दछ । सर्वहारावर्गीय विचार एवम् जनसमुदायको निगरानी, नियन्त्रण र सेवामा रहने कुरालाई सुनिश्चित गर्ने विधि र संरचनाको विकास गर्न नसक्ने हो भने त्यो प्रवृत्ति झाँगि“दै गएर एउटा निश्चित बिन्दुमा पुगेपछि सेना स्वाभाविक रूपले प्रतिव्रmान्तिको सेवा गर्ने हतियारमा परिणत हुनपुग्दछ । उपरोक्त स्थितिको पुनरावृत्ति हुनबाट रोक्नका लागि प्रारम्भदेखि नै जनसेनामा वैचारिक र राजनैतिक कामलाई सर्वाधिक महङ्खवका साथ सञ्चालन गर्ने र प्रतिव्रmान्तिका विरmद्ध विद्रोहको चेतनाद्वारा सिङ्गो सैन्यशक्ति एवम् आमजनसमुदायसम्मलाई सुसज्जित पार्ने कुरामा जोड दिनुपर्दछ । यसका साथै २१ औ“ शताब्दीका जनसेना भनेको राज्यसत्ता कब्जा गरिसकेछि निश्चित ब्यारेकमा बसेर विशेष तालिम र हतियारद्वारा आधुनिक बन्ने प्रव्रिmयामा होइन जनसमुदायलाई नै सैनिकीकरण गर्ने तथा आमजनसमुदायकै सेवा गर्ने व्रmान्तिकारी संवाहक बनिराख्ने कुरामा सुनिश्चित गर्नुपर्दछ । वैचारिक र भौतिक दुवै दृष्टिले सशस्त्र जनसमुदायको विकास गरेर मात्र वैदेशिक प्रतिव्रिmयावादी हस्तक्षेपको प्रतिरोध गर्न एवम् प्रतिव्रmान्तिलाई रोक्न सकिन्छ भन्ने कुरामा अहिलेदेखि नै सैन्यपङ्क्तिमा स्पष्ट दृष्टिकोण विकास गर्न जोड लगाउनुपर्दछ । विद्रोहको अधिकार प्रयोग गर्न सचेत सशस्त्र जनसमुदायको विकास गर्ने ऐतिहासिक दायित्व पूरा गर्ने कार्यभार नै २१ औ“ शताब्दीको जनसेनाको प्रमुख कार्यभार हुनुपर्दछ ।
३. राज्यसत्ताबारे
सर्वहारावर्गको राजनैतिक पार्टीको नेतृत्वमा जनयुद्धद्वारा राज्यसत्ता कब्जा गर्ने व्रmान्तिको केन्द्रीय प्रश्न थियो र आज पनि महान् र कष्टसाध्य प्रश्न अवश्य रहेको छ । तर २० औ“ शताब्दीका अनुभवहरूले स्पष्ट गरेका छन कि राज्यसत्ता कब्जा गर्ने प्रश्नभन्दा पनि राज्यसत्ताको निरन्तर जनवादीकरण गर्दै त्यसको विलोपीकरणतिर डो¥याउने प्रश्न अझ हजारौ“ गुण कठिन र जटिल हुने गर्दछ । एकै शताब्दीमा विश्व थर्काउँदै रmस, चीनलगायतका देशमा भएका महान् व्रmान्तिकारीहरूको सफलता एवम् शक्तिशाली विश्व समाजवादी कित्ताको विकास र भयानक प्रतिव्रmान्तिका घटनाव्रmमहरू हुँदै विश्वमा एउटा पनि समाजवादी सत्ता बाँकी नरहेको यथार्थले महङ्खव र गम्भीरतालाई दर्साउँछन् ।
आखिर पुँजीवादी साम्राज्यवादले आफ्नो सैन्य फासीवादी सारतङ्खवलाई तथाकथित प्रजातन्त्रको नकावले ढाकेर विश्वजनमतलाई भ्रमित पार्न सफल हुन तथा सर्वहारावर्गको आफ्नो जनवादी सारतङ्खवका बाबजुद राज्यसत्तामा आफ्नो पकड मजबुत गर्न नसक्नुका तमाम ऐतिहासिक र सैद्धान्तिक कारणका बाबजुद आज हाम्रो अगाडि जनवादको विकासको समस्या एउटा जवलन्त समस्या बनेर खडा भएको छ । पराजित वर्गदुस्मनका विरmद्ध अधिनायकत्वको आवश्यकता र जनताको जनवादको अभ्यासको आवश्यकताका बीचमा समुचित सन्तुलन कायम गर्ने सन्दर्भका प्रमुख समस्याहरू के छन् ? जनताको जनवादी अधिनायकत्व वा सर्वहारावर्गको अधिनायकत्वअन्तर्गत जनताको जनवाद वा सर्वहारा जनवाद वस्तुतः औपचारिक, यान्त्रिक र सङ्कीर्ण किन हुन पुग्यो ? यहाँ हाम्रो प्रश्न विश्वका तमाम रूपरङका संशोधनवादी र विसर्जनवादीहरूले उठाउने गरेको जनताको जनवादी अधिनाायकत्व वा सर्वहारावर्गको अधिनायकत्वको विरोध गरेर बुर्जवाहरूको औपचारिक प्रजातन्त्रमा फस्ने गद्दारीसँग कुनै सम्बन्ध छैन । हाम्रो प्रश्न यहाँ निरन्तर व्रmान्तिको प्रवाह सङ्गठित गर्ने संस्थाका रूपमा राज्यसत्ताको विकास गर्ने कुरामा केन्द्रित छ । आखिर राज्यसत्ताको व्यापक र सजीव जनवादीकरणको प्रव्रिmयामा नै वास्तविक जनवादी अधिनायकत्व वा सर्वहारा अधिनायकत्व सुदृढ हुन सक्तछ । जनवादी केन्द्रीयताको महान् वैज्ञानिक सिद्धान्तको यो भन्दा अर्को अर्थ हुन सक्तैन । राज्यसत्ता कब्जा गर्नुपूर्वसम्म जनवादी केन्द्रीयताको सही अभ्यास गरेर राज्यसत्ता कब्जा गर्न सफल हुने पार्टीहरूपछि किन औपचारिक जनवाद र नोकरशाही केन्द्रीयताको सिकार हुन पुगे ? पार्टीभित्र संशोधनवाद हावी भएकाले भन्ने तर्कले मात्र यसको पूरा उत्तर दि“दैन । आखिर द्वन्द्वात्मक भौतिकवादको प्रयोगमा माक्र्सवादीहरूद्वारा भएको यो वा त्यो रूपका कमजोरी पनि यसका निम्मेवार छन् ।
एउटा निश्चित देश, काल र परिस्थितिमा सर्वहारावादी व्रmान्तिकारी रहेको पार्टी र जनवादी वा समाजवादी रहेको सत्तामा अर्को देश, काल परिस्थितिमा प्रतिव्रmान्तिमा परिणत हुन सक्छ । त्यस अवस्थामा जनसमुदाय र व्रmान्तिकारीहरूले विद्रोह गर्नुपर्दछ भने महान् सर्वहारा सांस्कृतिक व्रmान्तिको संश्लेषण आफ्नो आफ्नो ठाउँमा पूरै सही रहेको कुरा स्ष्ट नै छ । तर एकपटक एक निश्चित कम्युनिस्ट पार्टीको नेतृत्वमा जनवादी वा समाजवादी राज्यसत्ता स्थापित भइसके सो पार्टी सधै“ सर्वहारावादी भइरहन्छ भनेझै“ त्यसका विरmद्ध राजनैतिक रूपले जनसमुदायद्वारा स्वतन्त्र रूपमा जनवादी वा समाजवादी प्रतिस्पर्धा गर्ने वातावरण नहुनु, नबनाउनु वा त्यसमाथि प्रतिबन्ध लगाइनुले एकातिर सत्तासीन पार्टीले जनसमुदायको बीचमा कसैसँग राजनैतिक प्रतिस्पर्धा गर्न नपर्ने हुँदै त्यो व्रmमशः विशेष सुविधासम्पन्न यान्त्रिक नोकरशाही पार्टी र त्यसको नेतृत्व, राज्यसत्ता पनि व्रmमशः यान्त्रिक र नोकरशाही मेसिनरीमा परिणत हुने तथा अर्कोतिर जनसमुदाय औपचारिक जनवादको सिकार भएर व्रmमशः उसको असीमित सिर्जनशीलता र गतिशीलताको ऊर्जा कुण्ठित हुन जाने खतरा इतिहासमा स्पष्ट देखापर्ने गरेको छ । उपरोक्त समस्या समाधानका लागि निरन्तर व्रmान्तिको सिद्धान्तअनुसार राज्यसत्तामा जनसमुदायको नियन्त्रण, निगरानी र हस्तक्षेपको प्रव्रिmयालाई सजीव र वैज्ञानिक ढङ्गले सङ्गठित गर्ने आवश्यकतामा जोड दिइनुपर्दछ । यहाँ फेरि पनि प्रश्न दुस्मनका विरmद्ध अधिनायकत्वको प्रभावकारिता जनसमुदायको जनवादको अभ्यासको प्रभावकारितामा निर्भर रहने वैज्ञानिक तथ्यलाई द्वन्द्वात्मक ढङ्गले सङ्गठित गर्ने प्रश्न नै हो ।
यसका लागि सामन्तवाद र साम्राज्यवादविरोधी जनवादी राज्यसत्ताको संवैधानिक सीमाभित्र राजनैतिक प्रतिस्पर्धा सङ्गठित गरी कम्युनिस्ट पार्टीको निरन्तर सर्वहाराकरण र व्रmान्तिकारीकरण अनिवार्य हुने परिस्थिति निर्माण गरिनुपर्दछ । यदि पार्टीले आफै“लाई निरन्तर व्रmान्तिकारीकरण गर्न नसके त्यसको खिलाफमा अर्को व्रmान्तिकारी पार्टी वा नेतृत्वलाई राज्यसत्तामा पु¥याउन सक्ने जनसमुदायको अधिकारलाई संस्थागत गरेर मात्र प्रतिव्रmान्तिलाई प्रभावकारी ढङ्गले रोक्न सकिन्छ । सामन्तवाद र साम्राज्यवादविरोधी विभिन्न राजनैतिक दल, सङ्घ, संस्था, जसले जनवादी राज्यसत्ताको संवैधानिक व्यवस्थालाई स्वीकार गर्दछन् । उनीहरूको बीचमा कम्युनिस्ट पार्टीलाई सहयोगमात्र गर्नुपर्ने यान्त्रिक सम्बन्धमा होइन जनताको सेवामा जनवादी राजनैतिक प्रतिस्पर्धा गर्ने द्वन्द्वात्मक सम्बन्धमा होइन जनताको सेवामा जनवादी राजनैतिक प्रतिस्पर्धा गर्ने द्वन्द्वात्मक सम्बन्धमा जोड दिनुपर्दछ । स्पष्ट छ कि यस प्रव्रिmयामा यदि कसैले जनवादी राज्यसत्ताद्वारा वैधानिक रूपले निर्धारित सीमाको अतिव्रmमण गरेमा उसमाथि जनवादी अधिनायकत्व लागू हुनेछ ।
एकपटक राज्यसत्ता कब्जा गरिसकेपछि पार्टीले नेतृत्वको हैसियत साबित गर्न आफ्नो विचारको सहीपना, जनसमुदायका हितहरूसँग एकाकार हुने आवश्यकता, त्याग, तपस्या र बलिदान एवम् वर्ग र जनताप्रतिको निष्ठा साबित गरिरहन नपर्ने स्थितिको प्रारम्भदेखि नै अन्त गर्न जोड दिइनुपर्दछ । राज्यसत्तामा विचार र नेतृत्वको केन्द्रीकरणले जनसमुदायको स्वनिर्णयको अधिकार कटौती गर्ने स्थिति आउन नदिने कुरामा विशेष ध्यान दिनुपर्दछ ।
नेपालको जनवादी व्रmान्तिको सन्दर्भमा हामीले वर्गीय, जातीय, क्षेत्रीय एवम् लिङ्गीय उत्पीडनबाट जनसमुदायको मुक्तिको कुरा गरिरहेका छौ“ । आत्मनिर्णयको अधिकारसहित जातीय र क्षेत्रीय स्वशासनका कुरा गरेका छौ“ साथै सामन्तवाद र साम्राज्यवादविरोधी पार्टी स्वतन्त्रताको कुरा पनि गरिरहेका छौ“ । त्यस अवस्थामा राज्यसत्ताको निरन्तर जनवादीकरणका लागि जनसमुदायको स्वनिर्णयको अधिकारलाई सजीव रूपले सङ्गठित गर्ने कुरामा जोड दिनुपर्दछ ।
यसरी पार्टी, सेना र राज्यसत्ताको उपरोक्त प्रकारको समुचित विकासमा नै २१ औ“ शताब्दीको जनवादले निरन्तर व्रmान्तिको प्रव्रिmयालाई अगाडि बढाएर प्रतिव्रmान्तिलाई रोक्न सक्नेछ ।
(वि.सं. २०६० जेठमा रोल्पाको दुम्लामा बसेको केन्द्रीय समितिको चौथो बैठकमा ‘वर्तमान परिस्थिति र हाम्रो ऐतिहासिक कार्यभार’ शीर्षकमा पारित दस्तावेजबाट ।)








