जनताको बहुदलीय जनवाद
१. विषय प्रवेश कार्यक्रम पार्टीले सार्वजनिक रूपमा ˚हराएको आºना लक्ष्यहरूको झण्डा हो । त्यसकै आधारमा आम जनतालाई सचेत, सङ्गठित र परिचालित गर्ने काम गर्नुपर्छ । सामाजिक क्रान्ति समाजको प्रथम र अनिवार्य लक्ष्य भएको बेला सामाजिक क्रान्तिको कार्यक्रम र क्रान्तिपछि निर्माण तथा विकासको कार्यक्रमको रूपमा पार्टीले आºनो लक्ष्य निर्धारित गर्नुपर्छ, आºनो कार्यक्रम निश्चित गर्नुपर्छ । अहिले नेपाली समाजमा सामाजिक क्रान्तिको अनिवार्यता छ, यसैलाई प्राथमिकता दिनु जरुरी छ । सामन्तवाद र साम्राज्यवादको शोषण उत्पीडनलाई अन्त्य नगरी नेपाली समाजको प्रगतिशील विकास सम्भव छैन । औद्योगीकरण बिना देशको प्रगति सम्भव हुदैन र राष्ट्रिय पुजीको विकास नगरी आत्मनिर्भर औद्योगिक राष्ट्रिय अर्थतन्त्रको विकास सम्भव हुदैन । अहिले नेपाली समाजको वस्तुगत विकासको अवस्था अर्धसामन्ती तथा अर्धउपनिवेशी स्थितिलाई अन्त्य गर्नु पर्ने तहमा छ । राष्ट्रिय पुजी उद्योग र व्यापारको विकासको ढोका खुला गर्नु पर्ने स्तरमा छ । समाजको भौतिक विकास बिना हामी समाजवादको निर्माण गर्न सक्दैनौं । अहिले देशको राजनीतिक क्षेत्रमा निकै ठूलो परिवर्तन भएको छ र त्यो महŒवपूर्ण पनि छ । तर समाजको आधारभूत स्थितिमा परिवर्तन भएको छैन । यस्तो पृष्ठभूमीमा हाम्रो पार्टीले मात्रात्मक विकासको साथसाथै गुणात्मक परिवर्तनको क्रान्तिकारी कार्यक्रम निर्धारित गर्नुपर्छ । हाम्रो कार्यक्रमले देशको वस्तुगत स्थिति र प्रगतिशील परिवर्तनको तस्वीर प्रतिविम्बित गर्नुपर्छ ।
विस्तृत रुपमा सबै हेर्न,पढ्न तलको लिंकमा क्लिक गर्नुहोस् :








