नेकपाको विवाद मिलाउन कार्यदलको टेको, अब पार्टी झन मजबुत हुने कार्यदल संयोजक पौडेको दावी
साउन ३० गते, इटहरी ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवादलाई समाधान गर्न नेकपाका महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको छ ।
दुई अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली बीचको आज भएको संवादले कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
कार्यदलमा ओली, प्रचण्ड र नेपाल समुहका दुइ–दुइ जना सदस्य रहेका छन् । ओलीका तर्फबाट संयोजक पौडेल र सदस्य शंकर पोखरेल रहनुभएको छ । प्रचण्डको तर्फबाट सदस्यमा जनार्दन शर्मा र पम्फा भुसाल साथै नेपालका तर्फबाट भीम रावल र सुरेन्द्र पाण्डे रहनुभएको छ ।
कार्यलद गठन भएसँगै अब पार्टी मजबुत हुनेमा नेताहरु विश्वस्त भएका छन् ।
कार्यदलले एकीकृत रुपमा जतिसक्दो चाँडो सुझाब दिनुपर्ने छ । कार्यदलको निश्चित समय अवधि तोकिएको छैन् ।
कार्यदलले अध्यक्षलाई सुझाव पेश गर्नेछ । दुवै अध्यक्षले संयुक्त रुपमा सचिवालयमा पेश गर्नेछन् । सचिवालयले पारित गरेपछि मात्र कार्यदलबाट प्राप्त सुझाबले स्थायि समितिको बैंठकमा प्रवेश पाउँनेछ । पार्टी स्रोतका अनुसार कार्यदलको सुझाब सचिवालयमा छलफल भएपछि मात्र स्थगित भएको स्थायि समितिको बैंठक पून सुचारु हुनेछ ।
कार्यदलले सबै बिषयमा खुलेर छलफल गरी सुझाब दिने संयोजक विष्णु पौडेलले प्रतिक्रिया दिनुभएको छ । पौडेलले भन्नुभएको छ – “ कतिपयले पार्टीमा विग्रहको कल्पना गरेका थिए । नेकपामा कुनै प्रकारको विग्रह हुँदैन । एकतावद्ध भएर अगाडी बढ्छ । नेकपाको एकता अच्छुर्ण रहन्छ भन्ने कुरा सुनिश्चित भएको छ ।”
वहाँले भन्नुभयो – “ नेकपा एकतावद्ध रहने कुरामा अस्वस्त रहन सबैमा आग्रह गर्दछु । आफ्नो अभिभारा सफलतापूर्वक पुरा गर्न नेकपा अगाडी बढेको छ । नेकपामा विग्रहको खोजी गर्ने शक्तिहरु, प्रवृतिहरु र तत्वहरुलाई भन्न चाहान्छु, अब नेकपाभित्र खेल्ने यस्ता कोशिस नगर्नुहोला । नेकपा आफ्नो अभिभारा बुझ्न र जनताले दिएको जिम्मेवारी पुरा गर्न प्रतिवद्ध छ ।”
नेकपा स्रोतका अनुसार कार्यदलमा प्रधानमन्त्रीको राजीनामा लगायतका विषयमा पनि छलफल हुनेछ । यद्यपि केपी ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाहेकका विषयमा सहमति गर्ने प्रस्ताव अर्का अध्यक्ष प्रचण्डसामू राख्दै आउनुभएको छ ।
बिहीबार भएको भेटमा पनि ओलीले त्यही प्रस्ताव गर्नुभएको थियो । चैतमा महाधिवेशन गर्ने, सहमतिकै आधारमा सरकार तथा पार्टी सञ्चालन गर्ने, मन्त्रिपरिषद पुनर्गठन, मुख्यमन्त्रीहरु हेरफेर समेत गर्न सकिने ओलीको प्रस्ताव छ । उपाध्यक्ष वामदेव गौतमले पनि १३ साउनमा त्यस्तै प्रस्ताव अघि सार्नुभएको थियो ।
कार्यदल रहेकामध्ये महासचिव विष्णु पौडेल र नेताहरु शंकर पोखरेल तथा जनार्दन शर्माले ओली र प्रचण्डबीच यसअघि त्यस्तै सहमति गराउने प्रयास गरेका थिए । त्यसअनुसार मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव सचिवालय बैठकमा राखेर नेताहरु राष्ट्रपति भेट्न शीतल निवास पुगेका थिए । तर ओलीले जनताको बहुदलीय जनवाद (जबज) मान्नुपर्ने शर्त राखेपछि प्रचण्ड सहमत हुनुभएको थिएन ।
वैचारिक राजनीतिक विषयमा दुई अध्यक्षबीच कुनै औपचारिक छलफल भने भएको छैन ।








