नेकपा सुनसरी ओली गुटका नेताहरुले ओलको झोलसगँ पकाएको वागी खिचडीको अन्तरकथा
नेपालबीट राजनैतिक ब्युरो, इटहरी ।
भदौँ ३ गते एउटा सूचना आयो सुनसरीको रामधुनी २ शिवनगरमा पूर्वएमालेहरुको एउटा गुटको भेला भइरहेको छ । संयोग के थियो भने सोहीदिन निर्वाचन आयोगले नेकपा एमाले पार्टी दर्ता गरेको थियो । नवगठित दल नेकपा एमालेले चुनाव चिन्ह नेकपासँग मिल्दोजुल्दो उदाउँदो सूर्य प्राप्त गर्यो ।
अर्को पक्ष भनेको भेलाकर्ताहरुबाटै छलफल हुँदै गरेको हल्ला फैलाइयो । अत्यन्त गोप्य भनिएको भेलाको सूचना बैँठककै समयमा किन आउट गरियो ?
अहिले नेकपामा भएको शितयुद्ध केही साम्य हुन लागेको छ । दुइ अध्यक्ष प्रचण्ड र केपी ओलीबिच एकखाले सहमति भइसकेको समाचारहरु प्रकाशन तथा प्रसारण भएका छन् । पार्टी फुटको संघारमा पुगेको वेलामा जोगिएको विश्लेषणहरु भएका छन् । नेकपाका दुवै अध्यक्षले पार्टी नफुट्ने बरु झन मजबुत हुने बताएका छन् ।
केन्द्रमा जिम्मेवारी, विधि, पद्धती र प्रदेश सरकार तथा संघिय सरकारमा केही फेरवदल हुने संकेत पनि नेकपाले दिएको छ । एक नम्बर प्रदेशका मुख्यमन्त्रि फेरवदलको कुरापनि राजनीतिक क्षेत्रमा चर्चामा छ ।
माथिका पृष्ठभूमीमा रामधुनीमा भएको पूर्वएमालेको ओली गुटका नेताहरुको गोप्य छलफलको अन्तरवस्तुतीर प्रवेश गरौँ ।
एक नम्बर प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री तथा नेकपाका केन्द्रिय सदस्य जगदिश प्रसाद कुशियतको मुख्य आयोजनामा यो बैंठक भयो । प्राप्त सूचना अनुसार २१ जना नेकपाका केन्द्र, प्रदेश र जिल्ला स्तरका ओली गुटका नेताहरुको सहभागिता थियो । यो जमघटको सहआयोजकका रुपमा नेकपाका प्रदेश कमिटि सदस्य रेवतीरमण भण्डारी र प्रदेश सांसद सर्वध्वज साँवा रहनु भएको थियो ।
ओल बैंठकमा को–को सहभागी थिए ?
यस बैंठकलाई मैले ओल बैंठकको संज्ञा दिन चाहेँ । भोजभतेर सहितको भेला भन्ने हल्ला फैलिएकोमा बैंठकका सहभागिहरुले ओलको तरकारी सगँ खाना खाएको बताए । उनिहरुले यसलाई एक गोप्य अनौपचारिक बैंठक भएको बताएका छन् । बैंठकमा केन्द्रिय सदस्यहरु जगदिश प्रसाद कुशियत र तैयब हुसेन रहनुभएको थियो ।
प्रदेश कमिटिका सदस्यहरु खेमराज पोखरेल, सांसद लिलम बस्नेत, रेवतीरमण भण्डारी र मुरारी सुवेदी रहनुभएको थियो ।
यसैगरी धरान र इटहरी उप–महानगरपालिका उप–मेयर मन्जु भण्डारी र लक्ष्मी गौतमको पनि सहभागिता रहेको थियो । यसैगरी अन्य सुनसरी जिल्ला सदस्यहरु यज्ञराज खड्का, गोविन्द कार्की, युवराज गौतम, वद्री घिमिरे, शंकरलाल चौधरी लगायत रहनुभएको थियो । मिडियामा आएपनि वराहनगरपालिकाका मेयर निलम खनालको उपस्थिति थिएन् ।
बैंठकमा उपस्थित कसैले फोटो खिचेनन् । र कसैले सामाजिक संजालमा पनि औपचारिक रुपमा सार्वजनिक गरेनन् ।
ओल बैंठकमा के निर्णय भयो ?
२१ सदस्य गोप्य बैंठकले के निर्णय गर्यो भन्ने कुरापनि चासो हुन्छ । उनिहरुले सात बुँदामा अलिखित निर्णय गरेको जनाइएको छ । बैंठकमा मुख्यमन्त्रीको हेरफेर तथा नेकपाका एक नम्बर प्रदेश इन्चार्ज भीम आचार्यको विरुद्धमा एक हुनेमा सबै सहमत भएका छन् । बैंठक सहआयोजक पूर्व सांसद तथा प्रदेश कमिटि सदस्य रेवतीरमण भण्डारीका अनुसार टोल कमिटिसम्म भीम आचार्यको विरुद्धमा आवाज उठाउँन कार्यकताहरुलाई संगठित गर्ने र त्यो काम मंसिरबाट शुरु गरिनेछ ।
भण्डारीको यो भनाइलाई प्रदेश सदस्य खेमराज पोखरेलले भने प्रतिबाद गर्नुभएको छ । बैंठक सामन्य नियमित भेटघाट भएको र त्यस्तो कुनै बुँदागत निर्णय नभएको दावी वहाँको छ । पोखरेलले भन्नुभयो – “एउटा सानो घेरामा वसेको रेवती हामीसहित भएको ठूलो घेरामा आउँदा के नै पाएजस्तोमात्र भएको हो । केही निर्णय भएको छैन् । कसैले माइन्युट देखाउँनसक्छ भने देखाओस म च्यालेन्ज गर्छु ।”
बैंठकमा सहभागीहरुको कुरा नै एकअर्कामा बाझिएको छ । सहभागी एक सदस्यका अनुसार मन्त्रि कुशियतले भण्डारीलाई व्यक्तिगत जीवनशैलीलाई सुधार गर्न सुझाव दिएको जानकारी दिएका छन् ।
मन्त्रिसहित भएको यो भेलालाई पार्टी कमिटिका सदस्यहरुले गम्भिर आपतिको रुपमा लिएका छन् । यस प्रकारका गतिविधिले पार्टी एकतालाई ध्वंस गर्ने उनिहरुले बताएका छन् । मुख्यमन्त्रिको फेरवदल हुने हल्लासँगै उनिहरु आतिएको पनि आरोप छ ।
मदन भण्डारी फाउण्डेसनको आवरणमा समान्तर कमिटि गठन गर्ने निर्णय भएको भन्ने कुरामा खेमराज पोखरेलले त्यस्तो नभएको बताउँनुभयो । यो छलफल पहिले रातो झण्डाको पालादेखिको साथिहरुको एउटा भेटमात्र भएको वहाँको जिकिर थियो ।
अर्को जबजलाई पार्टीको मार्गदर्शक सिद्धान्त वनाउँन दवाव दिने र त्यसको लविङको लागि देशव्यापी वहस चलाउँने इटहरी उप–महानगरपालिकाकी उप–मेयर लक्ष्मी गौतमले जानकारी दिनुुभयो ।
ओल बैंठकको प्रभाव के हुन्छ ?
अहिले कोरोना संकटको वेला जनता संकटमा परेका छन् । त्यो पाटोमा काम गर्नुपर्नेमा प्रदेश सरकारका मन्त्रि र सांसदहरु गुटको भेला गर्दै हिड्नुले पार्टी एकता, विधि र पद्धतिमा नकारात्मक असर पर्ने कुरा नेकपाकै केन्द्रिय नेताहरुले बताएका छन् ।
पूर्व एमालेको केपी ओली गुटको भेलाको पनि संज्ञा दिएका छन् नेकपाका नेताहरुले नै । नेपाल समुहकी लक्ष्मी गौतमलाई पनि ओली गुटमा लगिएको कुरा वाहिर आएको छ । एक सुत्रका अनुसार प्रधानमन्त्री केपी ओलीले भेट नदिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीसगँ भेट गरी आफू ओली समुहमा रहने गौतमले प्रतिबद्धता जनाउँनुभएको थियो केही महिना अगाडी ।
निष्कर्ष,
बैंठकमा सहभागीहरुको कुराका आधारमा,
पहिलो, अहिलेको यो परिस्थिति सुनसरी जिल्लामा कफ्यू लागेको वेला यस्तोखाले बैंठक गर्नुलाई सही रुपमा लिन सकिदैन् । किनभने यो वेला नागरिकहरु सरकारको कफ्र्यु पालना गरेर बसेका छन् मन्त्रि सांसद गुटको भेलामा सहभागी हुँदै हिड्छन् ।
दोस्रो, पार्टीमा असहमति भए सम्बन्धित बैंठकहरुमा आफ्नो कुरा राख्ने हरेक पार्टीको एउटा समान्य राजनैतिक मान्यता हो । त्यसैले कसैलेपनि ग्रुप, ग्रुप बनाएर छलफल गर्नुपर्ने आवश्यकता छैन् ।
तेस्रो, पार्टी भनेको कोही एकदुइ व्यक्तिको मात्र होइन र कोही एकजनाको लागि पार्टी पद्धतीको नियम क्रस गर्नु राजनैतिक संस्कारभित्र पर्दैन् ।
चौथो, मन्त्रि तथा सांसदहरुलाई जनताले आफ्नो अमूल्य मत दिएर जिताएका हुन् । जनतालाई आशा हुन्छ कि उनिहरुले आफ्ना समस्याहरुको हल गर्न काम गर्नेछन् । यस्तो परिस्थितिमा व्यक्ति केन्द्रित बैंठकहरुमा सहभागि हुनु जनप्रतिनिधले मिल्दैन् । जनप्रतिनिधिहरु भनेका पार्टीका योद्धामात्र होइनन् जनताका सेवक पनि हुन भन्ने कुरालाई भूल्न हुँदैन् ।
पाँचौ, भीम आचार्यले आफ्ना मात्र मान्छेलाइ च्यापो, आफू खुशी पार्टी चलायो भनेर विरोध गरिरहदा आफूहरुले चै के गर्दैछौँ भन्ने कुरालाई पनि ख्याल गर्नुपर्छ । सबै नेताहरुले यसरी नै गुट, उपगुटमा लागेर पार्टी कसरी सिंगो एक ढिक्का हुन्छ ?
छैठौं, अहिले केन्द्रमा एकखाले राजनैतिक सहमति भएको छ । जसलाई सार्वजनिक गरिएको छैन् । तर प्रक्रिया पुर्याएर सावजनिक गर्ने कुरा भइसकेको छ । अहिले जबज नै चाहिन्छ भनेर वहस गर्ने वेला होइन् । पार्टीको मार्गदशक सिद्धान्त के हुने भन्ने बिषयमा राष्ट्रिय महाधिवेशनमा वहस भएर एउटा निर्णय हुन्छ नै । हरेक कुराको छलफल काहाँ, कहिले र कसरी गर्ने भन्ने हुन्छ । यसलाई पनि ख्याल गर्नुपर्छ कि ?
अन्त्यमा,
सुनसरी जिल्लामा नेकपाभित्र धेरै पहिलेदेखि कै विवाद हो । यसलाई मुख्यतय ओली र नेपाल समूहको भन्ने गरिन्छ । त्यसमा पनि भीम आचार्यका विरुद्ध रेवतीरमण भण्डारी भन्ने पनि एकप्रकारले स्थापित भइसकेको छ । त्यही विवादको पछिल्लो संस्करण ओल बैंठक हो । तर यसले पनि सही निकास भने निकाल्दैन् । बरु व्यक्ति–व्यक्तिबीच ध्वंसात्मक द्वन्द्धमात्र हुन्छ । आरोप, प्रत्यारोप र निषेधको होइन सहअस्तित्व, विधि र पद्धतिको राजनीति आम कार्यकर्ताको अपेक्षा हो ।
अब ओलको झोलमा पकाएको खिचडी कसरी पाक्छ र त्यसको परिणाम कस्तो आउँछ अनि त्यसले प्रदेश नम्बर एक, विशेष गरी सुनसरीमा कस्तो परिणाम ल्याउँछ ? यसको जवाफ भने नेताहरुसँग कार्यकर्ताले खोज्छन् नै ।







