सोमबार १, असार २०८३ Mon,15 Jun 2026

सर्वाधिकार सुरक्षित

विधि र पद्धतिमा पार्टी नचलेको नेकपा कार्यदलको ठहर (प्रतिवेदनको पूर्ण पाठ सहित)



04:09 मंगलवार ९ , भाद्र २०७७

साउन ९ गते, इटहरी ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको चरम विवादको बिषयलाई हल गर्न दुई अध्यक्षले गठन गरेको कार्यदले पार्टीभित्रका केही कमीकम्जोरीलाई औल्याएको छ ।
प्रतिवेदनका अनुसार पार्टी विधि र पद्धतिमा नचलेको स्पष्ट उल्लेख गरेको छ । र कार्यदलले सामुहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीलाई लागु गर्न पार्टीलाई सुझाव दिएको छ ।
यसैगरी पार्टीभित्र गुट, उपगुटको राजनीति भएको देखाएको छ । यसलाई निरुत्साहित पार्न अनुशासनको कार्वहीको विषय वनाउँनुपर्ने कुरा सुल्झाएको छ ।
कार्यदलले विभिन्न नेताका नाममा स्थापित प्रतिष्ठानहरुले छाया पार्टीको काम गरेको र यसैमार्फत गुटगत राजनीति गरेको औल्याएको छ । प्रतिष्ठानहरुलाई नियमन गर्न पार्टीले उचित निर्देशन दिनुपर्छ भनेको छ ।
नेताहरुले आफ्नो शक्ति बुझन नसकेको पनि प्रतिवेदनमा उल्लेख छ । साथै दुइ अध्यक्षका बिचमा हुने असमझदारीले पार्टीलाई नराम्रो असर गरेको समेत जनाएको छ । यसैले दुइ अध्यक्षबिचको कार्यविभाजन स्पष्ट रुपमा हुनुपर्ने उल्लेख गरेको छ ।
प्रतिवेदनमा भनिएको छ – “अध्यक्ष कमरेड केपी शर्मा ओलीले प्रतिनिधिसभाको यो कार्यकाल भरी प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर सरकारलाई नेतृत्व गर्ने र मूलतः सरकारको काममा केन्द्रीत हुने । अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कार्यकारी अधिकार सहित मूलतः पार्टीका बैठकहरुको सञ्चालन, निर्णयहरुको कार्यान्वनय र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रीत हुने । अध्यक्षद्वयले पार्टी र सरकार वीचको काममा समन्वय गर्ने र संस्थागत रुपमा अघि बढाउने ।” 
कार्यदलले सरकार र पार्टीको समन्वय हुन नसकेको ठहर पनि गरेको छ ।
प्रतिवेदनको पूर्णपाठ तल दिइएको छ :

Featured News

Advertisement