सोमबार १, असार २०८३ Mon,15 Jun 2026

सर्वाधिकार सुरक्षित

नेकपा इटहरीले एकता प्रक्रियालाई पूर्णता दियो, विभागहरुको गठन



19:33 बिहीबार ११ , मंसिर २०७७

मंसिर ११ गते, इटहरी ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी नगर कमिटिको तेस्रो सचिवालयको बैंठकले विभिन्न विभागहरुको गठन र जनवर्गिय एवं पेशागत संगठनहरुको इन्चार्ज र सह–इन्चार्जहरु तोकेको छ ।
मंगलबार नेकपाका केन्द्रिय सदस्य तथा सुनसरी जिल्ला सह–इन्चार्ज निर्मल बरालको प्रमुख आतिथ्य र नगर कमिटि अध्यक्ष वहादुरसिंह तामाङ (ज्वाला) को अध्यक्षतामा वसेको वठैंकले विभिन्न २७ विभाग र २७ फ्याक्सनको गठन गरेको हो । विभाग र जनवर्गिय एवं पेशागत संगठनहरुको गठन पछि नगरको पार्टी एकताको कामले पूर्णता पाएको इटहरी नगरकमिटिका इन्चार्ज राजकुमार गिरीले जानकारी दिनुभयो ।
बैंठकले पार्टी एकता विरोधी काम नर्गन सम्पूर्ण सदस्यहरुलाई निर्देशन पनि दिएको छ । केन्द्रमा विवाद भइरहेको वेला नगर कमिटिको एकताले पूर्णता पाउँनुलाई सकारात्मक रुपमा हेरिएको इन्चार्ज गिरीले बताउँनुभयो । वहाँका अनुसार यसले राम्रो सन्देशपनि दिएको छ ।
सचिवालय बैंकठकले सुजन लामा, टिका वन, लिलादेवी राई र जनक कार्कीलाई सचिवालय सदस्यमा मनोनय गरेको छ ।
संगठनका पार्टी सदस्यहरुको सदस्यता नविकरण गर्ने कामलाई तिव्रता दिने पनि बैंठकले निर्णय गरेको छ ।
इटहरी नगरकमिटिका सचिव काशिराम दङ्गाले दिनुभएको जानकारी अनुसार अर्थ र योजना विभागको संयोजकमा रुद्र बस्नेतलाई जिम्मेवारी दिएको छ । यसैगरी कोष तथा भुमिसुधार विभागको संयोजकमा विनोद झालाई जिम्मेवारी दिएको छ । निराजन ओझालाई न्याय, कानुन तथा मानव अधिकार विभागको जिम्मेवारी दिइएको छ । प्रचार प्रसार तथा प्रकाशन विभागको संयोजकमा नवराज नेपाल, स्कुल विभागको संयोजकमा अर्जुन उप्रेती, संगठन विभागको संयोजकमा गौरीमान परियारलाई तोकेको छ । 
बैठकमा पार्टी प्रदेश समिति सदस्य एवम् इटहरी उपमहानगर कमिटि इन्चार्ज केशव विष्ट, इन्चार्ज राजकुमार गिरी, सहइन्चार्ज चिरन्जीवी भट्टराई, प्रदेश कमिटि सदस्य भानु मैनाली लगायतको उपस्थिति रहेको बताइएको छ ।
सम्पूर्ण विभाग र जनवर्गिय तथा पेशागत संगठनका इन्चार्ज, सह–इन्चार्ज र सदस्यहरुको नामवली ः

 

 

Featured News

Advertisement