प्रधानमन्त्रीद्वारा संसद विघटनको सिफारिस
11:35
आईतवार
५ ,
पुष
२०७७
NepalBit
938
२०७७ पुस ५ गते, काठमाण्डौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनका लागि सिफारिस गर्नुभएको छ । नेकपामा भइरहेको चरम विवादका बीचमा प्रधानमन्त्री ओलीले संसद विघटनको राष्ट्रपति समक्ष सिफारिश गर्नुभएको छ ।
संसद विघटनका बिषयमा हिजो प्रधानमन्त्रीले राष्ट्रपतिसँग परामर्श गर्नुभएको थियो ।
प्रधानमन्त्रीको सिफारिसप्रति सबै दल तथा नेकपाका नेताहरुले कडा रुपमा विरोध गरेका छन् ।
कानुनविदहरुले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको टिप्पणी गरेका छन् ।








