प्रधानमन्त्री बालुवाटारबाट शितल निवासमा
11:44
आईतवार
५ ,
पुष
२०७७
NepalBit
1072
२०७७ पुस ५ गते, काठमाण्डौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस बोकेर शितल निवास पुग्नुभएको छ । राष्ट्रपतिले सदर गरेपछि मात्र संसद विघटनको टुङ्गो लाग्ने छ । अहिले सबैको चासो शितल निवासमा रहेको छ ।
संसद विघटनका बिषयमा हिजो प्रधानमन्त्रीले राष्ट्रपतिसँग परामर्श गर्नुभएको थियो ।
प्रधानमन्त्रीको सिफारिसप्रति सबै दल तथा नेकपाका नेताहरुले कडा रुपमा विरोध गरेका छन् ।
कानुनविदहरुले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको टिप्पणी गरेका छन् ।








