एमालेमा नेपाल पक्षधर सदस्यहरुको जिम्मेवारी खोसियो, प्रदेश इन्चार्ज र अध्यक्षको हेरफेर
२०७७ फागुन २८ गते, काठमाण्डौं ।
नेकपा एमालेको आज वसेको बैंठकले अध्यक्ष र महासचिव वाहेकका अन्य सबै पदलाई खारेज गरेको छ । आजको बैंठकमा नेपाल पक्षधरलाई वोलाइएको थिएन । अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष सहित स्कुल विभाग प्रमुखको जिम्मेवारी लिनुभएको छ ।
विभिन्न विभागहरुको पनि जिम्मेवारी हेरफेर गरिएको छ । संगठन विभाग प्रमुखमा विष्णु पौडेल, विदेश विभाग प्रमुखमा राजन भट्टराई, सम्पर्क कमिटि र कोष तथा आर्थिक विभाग प्रमुखमा छविलाल विश्वकर्मा, संसदीय विभाग प्रमुखमा सुवास नेम्वाङ र निर्वाचन विभाग प्रमुखमा विष्णु रिमाललाई मनोनय गरिएको छ ।
यसैगरी प्रदेश कमिटिको जिम्मेवारीमा पनि एमाले अध्यक्ष ओलीले हेरफेर गर्नुभएको छ ।
एमालेको बैंठकको निर्णय अनुसार प्रदेशको नेतृत्वको जिम्मेवारी निम्ननुसार रहेको छ :
प्रदेश १
इन्चार्ज : सुवासचन्द्र नेम्वाङ
अध्यक्ष : देवराज घिमिरे
सचिव : विनोद ढकाल
प्रदेश २
इन्चार्ज : सत्यनारायण मण्डल
अध्यक्ष : प्रभु साह,
सचिव : सुमन प्याकुरेल
बाग्मती
इन्चार्ज : रामबहादुर थापा बादल
अध्यक्ष : आनन्द पोखरेल
सचिव : खेम लोहनी
गण्डकी
इन्चार्ज : पृथ्वीसुब्बा गुरुङ
अध्यक्ष : जगत विश्वकर्मा
सचिव : गोविन्द नेपाली
लुम्बिनी
इन्चार्ज : शंकर पोखरेल
अध्यक्ष : लीला गिरी
सचिव : खेममान खड्का
कर्णाली
इन्चार्ज : यमलाल कँडेल
अध्यक्ष : गुलाबजंग शाह
सचिव : धर्मराज रेग्मी
सुदूरपश्चिम
इन्चार्ज : लेखराज भट्ट
अध्यक्ष : कर्ण थापा
सचिव : राजेन्द्र सिंह रावल








