शुक्रबार ४, बैशाख २०८३ Fri,17 Apr 2026

सर्वाधिकार सुरक्षित

इटहरीमा गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार हेमकर्ण पौडेलको अग्रता कायमै



11:46 बुधबार ४ , जेष्ठ २०७९

इटहरी / इटहरीमा गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार हेमकर्ण पौडेलको अग्रता कायमै रहेको छ । हालम्म ३०,२४४ मतगणना हुँदा १३,७७९ मत प्राप्त गरी  पौडेल २२ सय मतान्तरले अगाडि रहेका छन । यस्तै, नेकपा एमालेका यामकुमार सुब्बाको ११,५६५ मत प्राप्त भएको छ । उपमेयरमा भने नेकपा एमालेकी संगीता चौधरीको अग्रता कायमै छ ।

चौधरीको १२,९९४ मत प्राप्त हुँदा गठबन्धनका केशवकुमार विष्टको ८,२०९ मत प्राप्त भएको छ ।

यस्तै, राप्रपाबाट मेयरका उम्मेदवार आकाश सुब्बाको १,३२० मत प्राप्त भएको छ भने उपमेयरमा राप्रपाबाट उम्मेदवार रहेकी वविता चौधरीको १,७५२ मत प्राप्त गरेकी छन् ।

Featured News

Advertisement