शुक्रबार ४, बैशाख २०८३ Fri,17 Apr 2026

सर्वाधिकार सुरक्षित

भरतपुर महानगरपालिकाको प्रमुखमा रेनु दाहाल दोस्रो पटक निर्वाचित



10:34 मंगलवार १० , जेष्ठ २०७९

भरतपुर / भरतपुर महानगरपालिकाको प्रमुखमा रेनु दाहाल दोस्रो पटक निर्वाचित भएकी छन् । महानगर प्रमुखका रूपमा एक कार्यकाल पूरा गरेकी उनी वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट प्रमुख पदमा उम्मेदवार बनेकी उनले उनको निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का विजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरले पराजित गर्दै महानगरपालिकाको प्रमुखमा दोस्रो पटक निर्वाचित भएकी हुन । 

दाहालले ५२ हजार ३० मत प्राप्त गर्दा (एमाले)का विजय सुवेदीले ३९ हजार ५८१ मत प्राप्त गरी पराजित भएका छन् । उपमेयरमा सत्तारूढ गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४हजार ७२८ मत प्राप्त गरेका छन् ।

यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा पनि प्रमुख पदमा विजयी भएकी उनी माओवादी आन्दोलन सुरु भएदेखि नै कम्युनिस्ट राजनीतिमा सक्रिय छिन ।

Featured News

Advertisement