शुक्रबार ४, बैशाख २०८३ Fri,17 Apr 2026

सर्वाधिकार सुरक्षित

राताम्मे सेयर बजार, ३२.६७ ले नेप्सेमा गिरावट



20:17 सोमबार १० , फाल्गुन २०७७

२०७७ फागुन १० गते, इटहरी ।

सोमबार सेयर बजारमा समामन्य करेक्सन आएको छ । बजारमा करेक्सन आउँदा ३२.६७ ले नेप्से परिसूचक घटेको छ । आज बजार वन्द हुँदा नेप्से २६०७.६७ अडिन पुगेको छ । 
नेप्सेका साथै हाइड्रो र अन्स उप–समूह वाहेक सबै रातो भएका छन् । विश्लेषकहरुका अनुसार भोलिबाट पून हरियाली आउनेछ ,बुल मार्केटमा सानो–सानो करेक्सन आउनु स्वभाविक हो ।
सेन्सेटिभ ९.२२, फ्लट २.३९ र सेन्सेटिभ फ्लट ३.४४ अकंले घटेको छ ।
२ सय ७ ओटा कम्पनीको २ करोड १६ लाख १४ हजार ४५२ कित्ता सेयर खरिद–बिक्री भएको छ । ८ अर्ब ४० करोड ६३ लाख १० हजार ६७१ रुपैयाको कारोबार भएको नेप्सेको तथ्याङ्क रहेको छ ।
नेफ्राको सेयरमा आज पनि सर्किट लागेको छ । ६ सय ६० रुपैयामा कारोबार भएको छ । तर कारोबार रकमको आधारमा भने एनआइसी एसिया बैंकको सबैभन्दा धेरै रकमको कारोबार भएको छ । 

आजको सेयर तालिका :


Featured News

Advertisement