सञ्चालनमा आयो इटहरीको इपिल्याण्ड
22:18
सोमबार
१७ ,
फाल्गुन
२०७७
NepalBit
1705
२०७७ फागुन १७ गते, इटहरी ।
इटहरी २ तालतैलयामा आजबाट इपिल्याण्ड एण्ड वाटरपार्कको औपचारिक रुपमा सञ्चालनमा आएको ल्याइएको छ ।
पार्कको उद्घाटन आज संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री भानुभक्त ढकालले गर्नुभएको हो ।
चारजनाको ३० करोडको संयुक्त लगानीमा पार्क सञ्चालन गरिएको सञ्चालक ज्ञानविक्रम शाहले जानकारी दिनुभयो । शाह सहित कृष्ण बस्नेत, भीम बहादुर पौडेल र जगत बस्नेतको संयुक्त लगानी रहेको छ ।
अध्यक्ष भीम वहादुर पौडेलका अनुसार पार्कमा वाटर पार्क, पानीसँग खेल्ने अत्याधुनिक वाटर स्लाइड, ६ सय व्यक्ति अटाउने वेभ पुल, जीप लाइन आदि रहेको छ । साथै स्नोपार्क र क्लाइम्बिङको पनि आन्नद लिन सकिनेछ ।








