नयाँ बर्षको पहिलो कारोबार दिन नै नेप्सेमा नयाँ रेकर्ड
२०७८ बैशाख २ गते, इटहरी ।
२०७८ को पहिलो कारोबार दिनमा नै नेप्सेले नयाँ अलटाइम हाइ रेकर्ड कायम गरेको छ । आजको कारोबारमा २०.६१ प्रतिशतले बृद्धि भई २७३५.४० पुगेर नयाँ अलटाइम हाइ रेकर्ड तय भएको हो । २०७७ सालको अन्तिम कारोबारमा पनि आज बृद्धि भएको छ । आज ८ अरब ६३ कारोड ६६ लाख ६८ हजार रुपैयाँको कारोबार भएको छ । नेप्सेको तथ्याङक अनुसार १ करोड ९० लाख २० हजार किता शेयर खरिदबिक्री भएको छ ।
नेप्सेको १३ उपसमूह मध्ये ११ उपसमूहको परिसूचक बृद्धि भएको छ ।
धेरै कमाउनेहरु :
आजको कारोबारमा धेरै कमाउने ५ कम्पनीमा बेष्ट फाइनान्स कम्पनी, एनआइसी एसिया लघु बित्तिय संस्था लिमिटेड, महिला लघुबित्तिय संस्था लिमिटेड, ज्योति लाइफ इन्सुरेन्स र ग्रिन डेभलोपमेन्ट बैंक लिमिटेड रहेका छन् ।
धेरै कारोबार हुनेहरु :
आजको कारोबारमा एनआइसी एसिया लघु बित्तिय संस्था लिमिटेड, निफ्रा, एनआइसी एसिया बैंक, नेपाल बङ्गलादेश बैंक लिमिटेड र नबिल बैंक रहेका छन् ।









