शुक्रबार ४, बैशाख २०८३ Fri,17 Apr 2026

सर्वाधिकार सुरक्षित

सेयर कारोबारमा उत्साह, इतिहास रच्यो नेप्सेले



17:12 आईतवार ९ , जेष्ठ २०७८

२०७८ जेठ ९ गते, इटहरी ।

राजनैतिक अन्यौलताबीच पनि आज सेयर बजारमा उत्साहजनक कारोबार भएको छ । नेप्से परिसूचक आजसम्मकै उच्च विन्दु २,८२० मा पुगेको छ । अघिल्लो हप्ताको अन्तिम कारोबार विहिबारको भन्दा १.१८ प्रतिशत अर्थात ३२.८१ अंकले वृद्धि भएर यो नयाँ रेकर्ड कायम भएको हो ।
नेप्सेको तथ्याङ्क अनुसार नेप्सेसँगै सेन्सिटिभ, फ्लट र सेन्सिटिभ फ्लट इन्डेक्समा पनि वृद्धि भएको छ ।
कारोबार रकम पनि झण्डै १२ अरब नजिक पुगेको छ । २५ करोड १६ लाख ३ हजार ६६० सेयर कारोबार हुँदा ११ अरब ६९ करोड ५० लाख ३४ हजार ७२८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेको नयाँ रेकर्ड भएपनि होटल एण्ड टुरिजम, ननलाइफ इन्सुरेन्स र माइक्रोफाइनन्स सबइन्डेक्स भने थोरैमात्रामा घटेका छन् ।
कारोबार रकमको आधारमा आज नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । यसको आज ४१ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 
नेप्सेको तथ्याङ्क अनुसार आज कर्णाली डेभल्पमेन्ट बैंक, ग्रीड डेभल्पमेन्ट बैंक महालक्ष्मी विकास बैंक, सांग्रीला डेभल्पमेन्ट बैंक, युनाइटेड इदी मार्दी, कालिका पावर, बेष्ट फाइनान्स, गुडविल फाइनान्स, सप्तकोशी डेभल्पमेन्ट बैंक, बरुण हाइड्रोपावर, सिनर्जी पावर, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, आइसीएफसी फाइनान्स, सेन्ट्रल फाइनान्स, पोखरा फाइनान्स र समृद्धि फाइनान्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

 

Featured News

Advertisement