शुक्रबार ४, बैशाख २०८३ Fri,17 Apr 2026

सर्वाधिकार सुरक्षित

एकै दिन तोलामा २३ सयले बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?



11:50 शुक्रबार १८ , माघ २०८१

इटहरी । नेपाली बजारमा फेरि सुनचाँदीको भाउ उकालो लाग्न थालेको छ । नेपाल सुचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुनको भाउ तोलामा २३ सय रुपैयाँले बढेको छ ।

योसँगै प्रतितोला छापावाल सुन १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेर १ हजार ९१५ रुपैयाँ कायम भएको छ । हिजो तोलामा चाँदी १ हजार ८८५ रुपैयाँमा किनबेच भएको थियो ।

Featured News

Advertisement