शुक्रबार ४, बैशाख २०८३ Fri,17 Apr 2026

सर्वाधिकार सुरक्षित

३० हजार आप्रवासीहरूलाई हिरासतमा राख्न ट्रम्पको आदेश



11:56 शुक्रबार १८ , माघ २०८१

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेन्टागन र गृह सुरक्षा विभागलाई क्युबाको दक्षिणपूर्वी तटमा अवस्थित अमेरिकी नौसेना अड्डा ग्वान्टानामो खाडीमा ३० हजार आप्रवासीहरूलाई हिरासतमा लिन निर्देशन दिएका छन् ।

रक्षा र गृह सुरक्षा विभागहरूलाई ग्वान्टानामो खाडीमा ३० हजार व्यक्तिको आप्रवासी सुविधा तयार गर्न निर्देशन दिने कार्यकारी आदेशमा पनि हस्ताक्षर गरेको बताए। अमेरिकी जनतालाई धम्की दिने सबैभन्दा खराब अपराधी गैरकानूनी आप्रवासीहरूलाई हिरासतमा राख्न ग्वान्टानामोमा ३० हजार शैय्याहरू रहेको बताए ।

ट्रम्पले ह्वाइट हाउसमा लेकन रिले ऐनमा हस्ताक्षर गर्नुअघि यो टिप्पणी गरेका हुन्। केही अपराधको आरोप लागेका कागजात नभएका आप्रवासीहरूलाई हिरासतमा राख्ने व्यवस्था गर्ने लेकन रिले ऐनलाई यस महिनाको शुरुमा कंग्रेसले अनुमोदन गरेको थियो । यो नयाँ प्रशासनको पहिलो प्रमुख कानून हो । आफ्नो अभियानको क्रममा ट्रम्पले पदभार ग्रहण गरेपछि अवैध आप्रवासीहरूको ठूलो मात्रामा देश निकाला गर्ने घोषणा गरको थिए । अध्यागमन र भन्सार प्रवर्तनले लगभग १ हजारलाई गिरफ्तारी गरेको छ ।

Featured News

Advertisement